आइतबार ११ जेठ २०८२
समाज

रेबिज लागेर एक जनाको मृत्यु

बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । 

निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । 

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए । रासस

तपाईको प्रतिक्रिया