शनिबार ४ जेठ २०८२
राजनीति

१४ महिनापछि धुमधामसँग देउवाजीलाई पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

बिहीबार जेठ २, २०८२/ Thursday 05-15-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए ।

उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ कांग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया