शनिबार ४ जेठ २०८२
समाज

विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु

शनिबार जेठ ४, २०८२/ Saturday 05-17-25

काभ्रे । काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो । घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल  पठाइएको छ।

तपाईको प्रतिक्रिया