
काठमाण्डौ । आज ३२औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमाले र एमालेका भातृ सङ्घ सङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्यो ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवाद (जबज) को विकास गर्नुभएको थियो ।
प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रितको स्मरण गर्दै जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका विचार र मार्गदर्शन सधैँ प्रेरणा बन्ने बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया