शनिबार ४ जेठ २०८२
समाज

सगरमाथा संवादको उद्घाटन सत्रका दुई महत्त्वपूर्ण सत्र सफलतापूर्वक सम्पन्न गर्‍यौं : परराष्ट्रमन्त्री राणा

शुक्रबार जेठ ३, २०८२/ Friday 05-16-25

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले ‘सगरमाथा संवाद २०२५’ को उद्घाटन सत्रको सुरुवाती दुई महत्वपूर्ण सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताइएकी छन् ।

काठमाडौंमा शुक्रबार (जेठ २) देखि सुरु भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ । संवादको पहिलो दिन उद्घाटन सत्र र मुख्य थिम ‘क्लाइमेट चेन्ज, माउन्टेन एन्ड फ्युचर अफ ह्युमनिटी’ अर्थात् ‘जलवायु परिवर्तन, पर्वतहरू र मानव भविष्य’ भन्ने मुख्य विषयमा नेपालका मन्त्री, आमन्त्रित विदेशी मन्त्री तथा संघसंस्थाका प्रतिनिधिले आफ्नो भनाई राखेका थिए ।

‘यो सगरमाथा संवादको औपचारिक कार्यक्रम थियो । जहाँ प्रधानमन्त्रीले पनि सम्बोधन गर्नुभएको थियो,’ उनले भनिन्, ‘पहिलो संस्करणको पहिलो दिनमा हामीले दुई वटा महत्वपूर्ण संवाद सम्पन्न गरेका छौं ।’ संवादको दुई सत्रमा सहभागीहरुले जलवायु परिवर्तनको विषयमा नेपालसँग आफ्नो प्रतिबद्धता जनाएको उनले बताइन् । शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद २०२५’ को बीचमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले उक्त जानकारी दिएकी हुन् ।

‘हाम्रो पूरै जीवन हिमालसँग जोडिएको छ । कोप २९ का अध्यक्षले जलवायु परिवर्तनका विभिन्न पक्षबारे प्रकाश पार्नुभयो । साथै कोप २९ को उपलब्धिबारे बताउनुभयो,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया