शनिबार ४ जेठ २०८२
राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अस्वीकृत

शुक्रबार जेठ ३, २०८२/ Friday 05-16-25

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिएको राजीनामा अस्विकृत भएको छ । 

बेलायतमा रहेकी गुरुङले केही दिनअघि बेलायतबाट हस्तलिखित राजीनामा इमेलमार्फत पठाएकी थिईन् । प्रदेशसभा सचिवालयको इमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै अस्वीकृत गरिएको बताइएको छ ।

‘मेलबाट आएको पत्रमा आशंका छ, त्यसको बारेमा थप जानकारी माग गरिएको छ, थप जानकारी आएपछि राजीनामाको सम्बन्धमा छलफल हुन्छ,’ प्रदेश सभा सचिव पुनले भने,‘राजीनामा गीत गुरुङले नै दिएको हो भन्न प्रष्ट छैन, भाषा पनि मिलेको छैन, त्यही भएर हाललाई राजीनामा स्वीकृत नगरिएको हो ।’

सभामुख तुलाराम घर्तीमगरलाई सम्बोधन गरेर पठाइएको राजीनामा पत्रमा उनले भनेकी छन्,‘जनताले तिरेको करबाट पारिश्रमिक लिएपनि त्यो अनुसार काम गर्न सकिनँ ।’ 

यद्यपि जनमत पार्टीका नेताहरूले गुरुङके राजीनामा स्वीकृतिका लागि सभामुखलाई दबाव दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया