शनिबार ४ जेठ २०८२
समाज

कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

शुक्रबार जेठ ३, २०८२/ Friday 05-16-25

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल नबढ्दा विद्युत् आपूर्ति प्रभावित भएको बताएका छन्।

बिहीबार एक्कासी विद्युत अवरुद्ध भएपछि आज (शुक्रबार) पत्रकारसँग उनले यसमा चिन्ता नलिन आग्रह गरे। उनले विद्युत उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनु पर्ने अन्यथा यस्ता समस्या आइरहने बताए। सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताएका छन्।

अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’ कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको बताएका छन् ।

उनले भने, ‘अहिले हामी विक लिंकमा पुगेका छौं । जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’ स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको पनि बताएका छन् ।

त्यस्तै ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको उनको भनाइ छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया