बिहीबार २९ जेठ २०८२
राजनीति

राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित

मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। मंगलबार बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो। मंगलबार करिब ५ घन्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए। उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए।

तपाईको प्रतिक्रिया