सोमबार २ असार २०८२
राजनीति

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

आइतबार असार १, २०८२/ Sunday 06-15-25

काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता भएको छ ।

विधेयकको प्रस्तावनाअनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ । विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

तपाईको प्रतिक्रिया