आइतबार १ असार २०८२
बिश्वो

बमको हल्लापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण

शुक्रबार जेठ ३०, २०८२/ Friday 06-13-25

काठमाडौं । बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

समाचारमा उल्लेख गरिएअनुसार अहिलेसम्म बम भए–नभएको केही पुष्टि हुन सकेको छैन ।

बिहीबार दिउँसो भारतको अहमदवादबाट बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया