
काठमाडौँ । राप्रपाले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
प्रतिनिधिसभामा अहिले बजेटमाथिको छलफल चलिरहेको छ । बहिष्कारसँगै राप्रपाका सांसदहरु अहिले बाहिर निस्किएका छन् ।
यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको बताए।
तपाईको प्रतिक्रिया