
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् ।
सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।
घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।
तपाईको प्रतिक्रिया