शनिबार १२ श्रावण २०८१
बिजनेस

राहतकाे माग गर्दै ट्रेकिङ मजदुर धर्नामा

बुधबार असोज १४, २०७७/ Wednesday 09-30-20

काठमाडौं । काेराेनाका कारण पर्यटन व्यवसायी ठप्प भएका र  हातमुख जाेर्न पनि गाह्राे भएकाले राहतकाे माग गर्दै ट्रेकिङ मजदुरले धर्ना सुरु गरेका छन् । बुधवार  पर्यटन मजदुर संघर्ष समितीले  पर्यटन वाेर्डकाे गेट अगाडी विभिन्न माग राख्दै धर्ना सुरु गरेका हाे ।

धर्नामा लगभग २ सय ट्रेकिङ मजदुर उपस्थित भएका थिए । ट्रेकिङ मजदुरले सरकारसंग छुट्टै राहत रकमकाे माग गर्नु भन्दा पनि ट्रेकिङका लागी आउने पर्यटकले तिरेकाे शुल्कबाट  मजदुरका लागी छुट्याईएकाे १० प्रतिशत रकमबाटै राहत उपलब्ध गराउनु पर्ने माग मजदुरकाे रहेकाे लाेकेन्द्र राईले बताए ।  

तपाईको प्रतिक्रिया