आइतबार २३ बैशाख २०८१
समाज

मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

मंगलबार कार्तिक ९, २०७८/ Tuesday 10-26-21

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण अध्यावधिक गरेको छ । काउन्सिलले चिकित्सकको विवरण अध्यावधिक गर्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो । जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् ।

काउन्सिलको नियम अनुसार दर्ता किताब दुरुस्त राख्नुपर्छ । दर्ता भएका चिकित्सकहरुको नाम, योग्यता, ठेगाना, निधन भएकाहरुको नाम हटाउने, दर्तावाल चिकित्सकले व्यवसाय छाडेमा, ठेगाना बदलेमा रजिस्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ । काउन्सिलका अनुसार दर्तावाल २८ हजार ४७७ चिकित्सक छन् ।   

तपाईको प्रतिक्रिया