राजनीति
आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई एमालेको ह्वीप
शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौं । नेकपा (एमाले) ले संसदमा नीति तथा कार्यक्रम पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्विप जारी गरेका हुन्।
यही वैशाख २८ गते आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरिएको उनले बताएका छन्।
एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित ह्वीप जारी गरेका हुन्। मुख्य सचेतक बर्तौलाले बैठकमा उपस्थित भई सरकारको पक्षमा मतदान गर्न समेत आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया