
बि.स. २०३७ साल यता राष्ट्रिय स्तरमै मनाउदै आईरहेको एक महत्वपुर्ण दिवस हो नारी दिवस। नारी दिवसको एक दिन, आजको खास दिनलाई नेपाली नारी हकहित र अधिकारको पक्षमा दुरदर्शी योजना बनाइ नौलो ईतिहासको रचना गर्नुपर्छ।
दैनिक महिला माथि हुने गरेका हिंसा, उत्पीडन र बढ्दो बलात्कारका जघन्य अपराध बिरुद्ध शसक्त कानुन लागु गराउन बुद्दिजिबी महिला अधिकारबादीहरुले आवाज बुलन्द गर्नुपर्छ । होइन भने ३६५ दिन मा एक दिन "नारी दिवस" भन्दै खुशीयाली मनाउनुको कुनै औचित्य छैन ।
नारी दिवसले सार्थकता तब पाउछ जब लाखौं नेपाली नारीमध्य केही हजार नारीले मात्र पनि आजको एक दिनमा सरकारी निकाय वा अन्य संस्थाबाट उचित न्याय, शिक्षा, रोजगार तथा जीवनशैली परिबर्तनका लागि भाषण र आस्वासन भन्दा ठोस अबसर प्राप्त गर्न सक्छन । नारी दिवस भन्दै सार्वजनिक बिदा बस्ने दिन होइन, आजको दिनमा समग्र नारीहरुको सबलिकरण, शसक्तीकरणका लागि ठोस नयाँ अबसरहरुको सिर्जना गर्दै नियम कानुन बनाउने दिन हो । दैनिक महिला माथि हुने गरेका हिंसा, उत्पीडन र बढ्दो बलात्कार का जघन्य अपराध बिरुद्ध शसक्त कानुन लागु गराउन बुद्दिजिबी महिला अधिकारबादी हरुले आवाज बुलन्द गर्नुपर्छ । होइन भने ३६५ दिन मा एक दिन "नारी दिवस" भन्दै खुशीयाली मनाउनुको कुनै औचित्य छैन । शहर- बजारका महिला पाँचतारे तिर पार्टिमा रमाउने तथा गाउ-घरका महिला दिदिबहिनीहरु साझा बिध्यालय वा खुल्ला चौर - चौतारी तिर नाचगान गर्दै नारी दिवसले सर्थकता पाउदैन। शहरका कपडा पसलमा राखिने ब्यापारिक सुन्दर पुतली(डमी) जस्तै आरक्षण र महिला प्रतिनिधिको नाममा महिला प्रयोग बन्द गर्दै प्रतिस्पर्धात्मक तबरले सक्षम, सबल महिलालाई अबसर प्रदान गर्नुपर्छ ।
शिक्षा, स्वास्थ र रोजगारिको हरेक क्षेत्रमा स्वतन्त्र पहुच उपलब्ध गराउन सक्नु नै महिला दिवसको वास्तबिक अर्थ हो। मलाई लाग्छ महिलालाई दयाको आरक्षण होइन समान अधिकार र स्वतन्त्र निस्पक्ष अबसर प्रदान गर्नुपर्छ जहाँ न्यायपूर्ण प्रतिस्पर्धा होस र हाम्रो समाजले सक्षम नेत्रित्व सहित गतिशिलता पाओस ।
मातृभूमि नेपाल आमा नै संकटमा परेको अबस्थामा नेपाली दिदीबहिनी,आमाहरु को अस्तित्व, अधिकार, समानता जस्ता सबै कुरा आफैमा ओझेल परेको देखिन्छ। समाजमा ब्याप्त महिला हत्या,हिंसा, बलात्कारका अपराधिक घटनाहरु दिनहु बृद्दी भएको छ। देशमा न्याय, कानुन शुन्य भएको अवस्था छ, वा स्पष्ट भन्दा सर्बसाधारणहरुको पहुच बाहिर रहेको छ । हाम्रा अधिकारवादीहरु, नेतृत्वकर्ताहरु आफैमा रुमल्लिएका छन अझै प्रस्ट भन्दा व्यक्तिगत स्वार्थमा डुबेका छन् ,बिर्सिएका छन् आफ्नो पेशागत काम कर्तब्य। अबको समय नारीले नै नारीको नेतृत्व गर्नु पर्ने समय् हो जुन अहिलेको नेपाली समाजको आबस्यकता हो ।
आज नारी दिवसको अबसरमा गाँउ-घरका चौतारी देखि शहरबजारका तारे होटेलमा बिभिन्न सजिसजावट एबं तडकभडकका साथ भब्यतापुर्बक कार्यक्रम गर्ने तथा भोलिका अखबार,पत्र-पत्रिकाहारुमा छापिने ति बुद्दिजिबी नारीहरुले नेपाली समाजमा नारि माथि नारी बाट नै हिंशा-अत्याचार र अधिकारको हनन् भइरहेको तीतोसत्य को वकालत एबं पैरबी गर्न जरुरि छ।
आधुनिक बिकास र रोजगारी को नाममा श्रम शोषण उल्लेख मात्रामा बृद्धी भएको देखिन्छ । दैनिक रुपमा सरदर ८-९ घण्टा श्रम गराउनु पर्नेमा हाम्रै सेवामुखी बिभिन्न आधुनिक होटेल, अस्पताल, बैंक तथा अनेकौ संस्थाहरुले बाध्यात्मक ढंगले अधिक कार्यभार थप्ने गरेको सर्बबिदित छ। महिला - पुरुष बिच ‘समान श्रम, समान ज्याला’ को ऐन नियम कागजी पन्नाहरुमा सिमित रहेको छ, कार्यान्वयन गर्ने निकाएको ध्यानाकर्षण हुनुपर्दछ ।
नारी अधिकारको नाममा शहर-बजारका सडकमा नारा लगाएर, कार्यक्रम गरेर मात्र नारी दिवसले सार्थकता पाउदैन। नारी दिवसको अबसरमा कति प्रतिशत नारीले वास्तविक न्याय, अधिकार र स्वतन्त्रताको अनुभूति गर्न पाए भन्ने कुरा मुख्य हो। महिला आफैमा एक अलौकिक शक्ति हो। नारी स्वतन्त्रता, न्याय, हक-अधिकारको लागि महिला एकताको साथै हरेक महिलामा आत्मबलको आवश्यकता छ । नारि दिवसको अबसरमा सम्पूर्ण नारीहरुमा त्यो आत्मबल, नौलो अबसर प्राप्त होस् भन्ने शुभकामना ब्यक्त गर्दछु।
तपाईको प्रतिक्रिया