बिहीबार २७ भदौ २०८१
बिजनेस

अनलाईन गेमिङको लतमा फँसेका निरज प्रधान जसले एभरेष्ट बैंकबाट डेढ करोड रकम गायब पारे

रकम चोरी प्रकरणमा अपरेशन इञ्चार्ज प्रधान बाहेकको संलग्नता देखिन्न: एभरेष्ट बैंक
आइतबार जेठ ७, २०८०/ Sunday 05-21-23

काठमाडौं । अनलाईन गेमिङको लतमा फँसेको व्यक्तिले कुन हदसम्म हर्कत गर्न सक्छ भन्नेकुरा पछिल्लो समय बैंककै कर्मचारीले सर्वसाधारणको खाताबाट डेढ करोड भन्दा बढि रकम चोरी गरेको घटनाबाट सहजै अनुमान गर्न सकिन्छ।  विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान एभरेष्ट बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्जका रुपमा कार्यरत थिए। उनि नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी  खेलाईने सट्टाबाजी खेलको लतमा फँसेका थिए । सुरुमा उनले आफ्नै पैसाबाट खेल्न सुरु गरे । विस्तारै उनमा लत बढ्दै गएपछि परिवार, आफन्त र साथीभाईसंग पैसा सापटी लगेर खेल्न थाले । लगातार खेल्दा सबै पैसा डुबेपछि उनले आफु कार्यरत बैंकमा लामो समय प्रयोगमा नआएका डोरम्याट एकाउन्ट हेर्न सुरु गरे । ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर उनले रकम झिक्न सुरु गरे । ईटहरी शाखाबाट मार्चमा गाइघाट सरुवा भएका प्रधानले गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आइपिएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ र त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ। 

खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए। बैंकले आन्तरिक अनुसन्धान गर्दा निरज प्रधानले लामो समय प्रयोगमा नआएका ग्राहकको डोरम्याट अकाउन्ट पटक पटक चेक गरेको र  कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरी रकम आफ्नै नजिकका दुई जना साथी धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू को खातामा पठाएको पत्ता लगाएको थियो। सो कुरा पत्ता लगाउने बित्तिकै एभरेष्ट बैंकको केन्द्रिय कार्यलयले प्रधानलाई कार्वाही गर्दै  प्रहरीलाई खबर गरेको थियो। प्रहरीले २०७९ चैत २२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो। 

देश दैनिकसंग कुरा गर्दै  एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्प राज उप्रेतीले अनलाईन गेमिङको लतमा फँसेका कारणनै निरज प्रधानले यस्तो हर्कत गरेको र यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता बैंकले नदेखेको बताए। ग्राहकबाट रकम गायब भएको जानकारी आउने बित्तिकै बैंकले गम्भिर अनुसन्धान गरेको थियो र अनुसन्धानबाट प्रधान एक्कलैले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै रकम चोरी गरेको प्रमाणित भएसंगै बैंकलेनै कार्वाही गरेको र  कानुनी कार्वाहीका लागि प्रहरीमा बुझाएको उनले स्पष्ट पारे ।  थप अनुसन्धानका लागी अन्ने ६ जना कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ तर सामाजिक सञ्जालमा इटहरी शाखाकी टेलर पवित्रा कटुवालले रकम चोरेर आफ्नो ब्याईफ्रेन्डको खातामा बाईक उपहार दिनका लागि ट्रान्सफर गरेको भन्ने खबर  आधारहिन भएको  र उनका श्रीमान् पनि सोही बैंककमा कार्यरत भएको उप्रेती बताउँछन्। 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले टेलर पवित्रा कटुवालका विषयमा बाहिर आएका कुरा सत्य नभएको तर  सर्वसाधारणको खाताबाट रकम चोरी हुँदाका सबै प्रकृिया र उनको बयानका आधारमा अन्यको पनि संलग्नता हुन सक्ने भएकाले  प्रबन्धक सहित ९ जनालाई थप अनुसन्धानका लागि प्रकाउ गरिएको देश दैनिकलाई बताए।  

रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकका उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल,धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजूलाई पक्राउ गरेको छ। 


 

तपाईको प्रतिक्रिया