आइतबार २३ बैशाख २०८१
बिजनेस

बक्यौता रकम चुक्ता गरेपछि सिम्रिकले पायो उडान अनुमति

आइतबार श्रावण २८, २०८०/ Sunday 08-13-23

काठमाडौं । सिम्रिक एयरले उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सबै बक्यौता रकम बुझाएपछि सिम्रिकले तीन दिनपछि उडान अनुमति पाएको हो । 

सिम्रिक आइतबार अपराह्न ४ बजेदेखि लागु हुने गरी उडान अनुमति पाइको हो ।  

बक्यौता रकम नतिरेपछि प्राधिकरणले गएको शुक्रबार सिम्रिकका सबै उडानमा रोक लगाएको थियो ।

सिम्रिकले प्राधिकरणलाई ५५ लाख १२ हजार रुपैयाँ तिर्नुपर्ने थियो । तर, बक्यौता रकम समयमै नबुझाएपछि प्राधिकरणले उडानमै रोक लगाइदिएको थियो । 

तपाईको प्रतिक्रिया