शुक्रबार २६ बैशाख २०८२
राजनीति

शिक्षकका माग समावेश गरेर मात्र शिक्षा विधेयक ल्याउन ओलीको आग्रह

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक फिर्ता लिई शिक्षकका माग सम्बोधन गरेर फेरि विधेयक ल्याउन आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले विधेयक संशोधन गरेर शिक्षकहरूका माग पूरा नहुने देखिएकोले पुनर्लेखन गरेर ल्याउन आग्रह गरेका हुन्।

संसदमा विधेयक दर्ता गरेपछि सरकारले शिक्षकहरूसँग दुई पटक वार्ता गरी सहमति गरेको थियो। ती सहमति विधेयक संशोधनका क्रममा समावेश गर्ने सरकारको भनाइ थियो।

‘शिक्षकहरूसँग सरकारले जे सम्झौता गरेको छ त्यो कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘सम्झौता पालना गर्नका लागि हो, झुक्याउनका लागि होइन।’

तपाईको प्रतिक्रिया