शनिबार १२ श्रावण २०८१
बिजनेस

सुनको भाउमा दिनदिनै रेकर्ड, आज तोलाको १ लाख १७ हजार

आइतबार कार्तिक १२, २०८०/ Sunday 10-29-23

काठमाडौं । आइतबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

सातको पहिलो दिन बजारमा सु्नको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ । यसअघि भने, गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया