शुक्रबार १२ पौष २०८१
समाज

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार चैत २८, २०८०/ Wednesday 04-10-24

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

तपाईको प्रतिक्रिया