समाज
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली
शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गरेको छ । शुक्रबार राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
मोटरसाइकल र्याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो । यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
सोही अनुरूप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ । आजको र्यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।
तपाईको प्रतिक्रिया