शुक्रबार २६ बैशाख २०८२
राजनीति

सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छ : विनोद चौधरी

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसदलाई कोष नभई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् । 

उनले आफ्नो क्षेत्रका अधुरा परियोजनाहरूलाई पूरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाउनु महत्वपूर्ण रहेको दोहोर्‍याए । उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको बताउँदै यस्ता कैयौँ उदाहरणहरू रहेको जिकिर गरे ।

उनले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूलाई मूल्याङ्कन, अनुगमन र बजेट अभावको खण्डमा संवद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडी बढ्न नसक्ने धारणा राखे । 

तपाईको प्रतिक्रिया