शनिबार १२ श्रावण २०८१
खेलकुद

दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

शनिबार बैशाख १, २०८१/ Saturday 04-13-24

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । 

यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए। उनले कतारका कमरान खानलाई अन्तिम ओभरको सबै ६ बलमा छक्का हिर्काएका हुन्। दीपेन्द्रले नटआउट ६४ रन जोडे। उनले २१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

यसअघि पनि दीपेन्द्रले ६ बलमा ६ छक्का हिर्काए पनि त्यो एकै ओभरमा थिएन। जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए।

तपाईको प्रतिक्रिया