शनिबार १२ श्रावण २०८१
बिश्वो

इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24

वाशिङ्टन डीसी । इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् । 

शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।

इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताइएको छ । यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया