शनिबार १२ श्रावण २०८१
बिजनेस

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24

काठमाडौं । नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस वीद फिनल्यान्ड’ कार्यक्रम भएको छ ।

इन्स्टिच्युट फर स्टाटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर) को आयोजनामा मंगलबार काठमाडौंमा फिनल्यान्डका लगानीकर्ता तथा उद्यमीहरूको सहभागितामा नेपालमा लगानी सम्भाव्यताको विषयलाई लिएर सो कार्यक्रम भएको हो ।

फिनल्यान्डका विभिन्न ९ वटा कम्पनी, नेपाली उद्योगी तथा अन्य विशिष्ट प्रतिनिधिहरूको सहभागितामा दुई वटा सेसनमा भएको कार्यक्रममा विशेषगरी नेपालमा लगानीको सम्भावनाको विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया