शनिबार १२ श्रावण २०८१
राजनीति

कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो। 

मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया