शुक्रबार १ चैत २०८१
समाज

मधेस बाहेक ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया