राजनीति
निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला
मंगलबार फाल्गुण २७, २०८१/ Tuesday 03-11-25

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्की रिटलाई जारी गरिदिएको हो ।
२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
निर्वाचन आयोगको सो निर्णयविरुद्ध तोसिमा अदालत पुगेकी थिईन् । उक्त रिट जारी गर्दै सर्वोच्चले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको फैसला गरिदिएको हो ।
तपाईको प्रतिक्रिया