शुक्रबार १ चैत २०८१
बिश्वो

कारगिलमा ५.२ म्याग्निच्युडको भूकम्प

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु १५ किलोमिटर गहिराइमा थियो ।

वैज्ञानिकले भारतमा यसअघिका भूकम्प, भूकम्पीय गतिविधि र त्यस क्षेत्रको टेक्टोनिक संरचनाका आधारमा भूकम्पीय जोखिम क्षेत्र पहिचान गरेका छन् । बीबीसी हिन्दीबाट ।

 

तपाईको प्रतिक्रिया