पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल पुगे लिङ्देन र थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार लिङ्देनसहितका नेताहरु तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका हुन् ।
पोखराबाट पूर्वराजा ल्याएर काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्याली गर्ने तयारी छ । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्याली निकाल्ने तयारी गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र दिउँसो ३ बजे पोखराबाट काठमाडौं आउँदैछन् । यसअघि राप्रपालगायतका विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । चर्को नारावाजीका साथ प्रदर्शनमा उत्रिएका उनीहरुले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।
तपाईको प्रतिक्रिया