आइतबार ३ असार २०८१
बिजनेस

सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार ?

सोमबार जेठ १४, २०८१/ Monday 05-27-24

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको जनाएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९०० सय र तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया