शनिबार ८ असार २०८१
शिक्षा

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गरिँदै

शुक्रबार जेठ १८, २०८१/ Friday 05-31-24

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारमा सार्वजनिक गरिने तयारी छ ।

राष्ट्रिय परीक्षा बोर्डले  असारमा दोस्रो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।

तपाईको प्रतिक्रिया