
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ ।
अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार, एओसी सेवा प्रवाहमा प्रयोग भइरहेको अनलाइन प्रणाली (noc.moest.gov.np) को नियमित मर्मत कार्य गर्नुपर्ने भएकाले यही फागुन २८ गते साँझदेखि चैत २ गते साँझसम्म पूर्ण रूपमा बन्द रहनेछ।
तपाईको प्रतिक्रिया