बिहीबार २९ फाल्गुण २०८१
राजनीति

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

बिहीबार फाल्गुण २९, २०८१/ Thursday 03-13-25

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । 

प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । 

एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौंमा र्‍यालीसहितको कार्यक्रम घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया