शनिबार १२ श्रावण २०८१
खेलकुद

टी-२० विश्वकप: भारतविरुद्ध पाकिस्तानले टस जित्यो

आइतबार जेठ २७, २०८१/ Sunday 06-09-24

काठमाडौं ।  जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ । 

भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । पाकिस्तानले आजम खानको ठाउमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ । बर्षाले प्रभावित भएपछि यो खेल केहि ढिलो गरि शुरु हुने भएको छ ।

तपाईको प्रतिक्रिया