शुक्रबार २ कार्तिक २०८१
राजनीति

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाण्डौ। निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

उपचुनाव हुने जिल्लामा रिक्त नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी वडाध्यक्षको मात्र चुनावका लागि सम्बन्धित वडाको केन्द्र रहेको ठाउँमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । 

तपाईको प्रतिक्रिया