शुक्रबार २ कार्तिक २०८१
अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । 

बिहीबारको रेकर्ड ब्रेक गर्दै छापावाल सुनले नयाँ रेकर्ड बनाएको हो । बिहीबार छापावाल सुन एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

तपाईको प्रतिक्रिया