शनिबार १२ श्रावण २०८१
राजनीति

गण्डकीमा मनाङे र देवकोटाले लिए शपथ

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौ । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाए ।

बाबुरामको पार्टी नेसपाका गोरखाका देवकोटाले माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद जितेका थिए । माओवादीले विश्वासको मत नदिन गरेको ह्वीपविपरीत उनी मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएका थिए । फणीन्द्रमाथि हिजैदेखि कारबाही प्रक्रिया थालिएको माओवादीले बताएको छ ।

मनाङे यो सहित छैटौं पटक मन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया