आइतबार २३ भदौ २०८१
मनोरन्जन

करणले जिते ‘नेपाल आइडल–५’ को उपाधि

आइतबार असार ९, २०८१/ Sunday 06-23-24

काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’को पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।

विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख प्राप्त गरिन् । दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे ।

विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया