बिहीबार २० असार २०८१
राजनीति

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी सिफारिस

सोमबार असार १७, २०८१/ Monday 07-01-24

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् । 

सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

नेपालको संविधानको धारा १०६ तथा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वडानम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको सभामुखको सचिवालयले जनाएको छ ।

अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए। उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रुपमा अधिकारीले दुई वर्ष काम गर्नेछन्।

तपाईको प्रतिक्रिया