शनिबार ५ श्रावण २०८१
राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् ।  प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरिसकेको छ । प्रचण्ड सरकार ढलेपछि कांग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन्।

तपाईको प्रतिक्रिया