शुक्रबार २ कार्तिक २०८१
बिश्वो

राष्ट्रपति चुनाव नलड्ने घोषणा गर्दै बाइडेनले भने- नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ

बिहीबार श्रावण १०, २०८१/ Thursday 07-25-24

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेका छन्।

बुधबार साँझ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।

बाइडेनले लोकतन्त्रको रक्षा र पार्टीका हितका लागि आफू दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हटेको पनि बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका हुन् ।  उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो । सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहको लागि यो अहिले सहि समय र स्थान हो ।’

तपाईको प्रतिक्रिया