शुक्रबार २ कार्तिक २०८१
राजनीति

विपक्षी दलहरूको बैठकमा सत्तारुढ लोसपाका अध्यक्ष ठाकुर पनि सहभागी

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । बैठकमा विपक्षी दलका शीर्ष नेताहरू सहभागी छन् ।

समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष ठाकुर, आम जनता पार्टी अध्यक्ष प्रभु शाह लगायत सहभागी छन् ।

तपाईको प्रतिक्रिया