शुक्रबार २ कार्तिक २०८१
समाज

जाजरकोटमा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

सुर्खेत । जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत्किँदा परिवारका ८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएका छन्।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरूलाई घरमै राखिएको छ। वर्षाका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डीएसपी पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया