शुक्रबार २ कार्तिक २०८१
राजनीति

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा लेखिएका मौलिकहरुको कार्यान्वयन नभइरहेको भन्दै टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका हकहरु कागजमा मात्रै सीमित भएको बताएका हुन् ।

उनले  भने,  ‘हामीले  संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौँ । सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ ।तर हकका कुरा लेखिए पनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’

साथै उनले सबैखाले हकहरूको सार हाम्रो समाज भएको बताए । उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे ।

शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताए ।  उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौँ । २१ औँ  शताब्दीमा पनि हामी छुवाछुत भनेर  मानिरहेका छौँ  यसरी  कसरी  नागरिकलाई समानता प्रदान  गर्न सक्छ ।’

तपाईको प्रतिक्रिया