काठमाडौं । नक्सालस्थित टेस्लाको सोरुममा लागेको आगलागी चारवटा दमकलले निभाएका छन्। प्रहरीका अनुसार नेपालमा टेस्लाका सवारीसाधनको आधिकारिक विक्रेता अरेत इन्टरनेसनलको चार्जिङ स्टेसनमा आगलागी भएको थियो।
विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ। काठमाडौं महानगरको दमकल र सुरक्षा अधिकारीको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया