शनिबार १२ असोज २०८१
अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो?

सोमबार असोज ७, २०८१/ Monday 09-23-24

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो । 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पार गर्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया