शनिबार १२ असोज २०८१
समाज

मुखमा टेप टाँसेर सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक

मंगलबार असोज ८, २०८१/ Tuesday 09-24-24

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई नि:शर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।

गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया