शनिबार १२ असोज २०८१
समाज

एन्फाको हेटौंडा एकेडेमीबाट बेपत्ता ६ मध्ये ३ प्रशिक्षार्थीको शव फेला

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडास्थित एकेडेमीबाट बेपत्ता भएका ६ मध्ये ३ प्रशिक्षार्थीको शव भेटिएको छ ।

इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी माध्यामिक विद्यालयमा अध्ययन र प्रशिक्षणरत ६ जनालाई शनिबार बिहान आएको बाढीले बगाएर बेपत्ता पारेको थियो ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएपछि बाँधको ढोका खोज्दा सिस्नेरी खोलामा जलसतह बढेको थियो। खोलाको सतह बढेपछि सुरक्षित स्थानमा जाने क्रममा उनीहरू पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको थियो ।

सो विद्यालयमा एन्फाले ४० प्रशिक्षार्थी विद्यार्थी राखेको थियो।

तपाईको प्रतिक्रिया